‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना र लगानी बढाउन आवश्यक « NCD Alliance Nepal
  • TELEPHONE +977-01-5530126
  • EMAIL ADDRESS pregmi68@gmail.com
  • ADDRESS Lalitpur - 3, Jhamsikhel

‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना र लगानी बढाउन आवश्यक

‘नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना र लगानी बढाउन आवश्यक

काठमाडौं, २४ चैत । सरकारले मुटु, क्यान्सर, मधुमेह वा श्वासप्रश्वास सम्वन्धी दीर्घ रोगहरुबाट हुने समग्र अल्पायु मृत्युदरमा सन् २०२५ सम्ममा २५ प्रतिशतले र सन् २०३० सम्ममा ३३ प्रतिशतले कमी ल्याउने लक्ष्य लिएको छ ।

नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बनाइएको बहुक्षेत्रीय कार्ययोजना २०२१ २५ को रणनीतिक अवधारणामा यो कुरा स्पष्टसंग लेखिएको छ । तर, त्यसका लागि चाल्नु पर्ने न्युनतम कार्य गर्न भने सरकार स्वयं अल्मलिरहेको देखिन्छ ।

विहीबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी विज्ञहरुले नसर्ने रोगको रोकथाम तथा न्युनिकरणका लागि सरकारले बनाएको कार्यायोजना प्रभावकारी रुपमा कार्यान्व्यन हुनु पर्नेमा जोड दिए । उनीहरुले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतनासंगै सरकारले लगानी बढाउनुपर्नेे बताएका छन् ।

Visit : https://www.nepalihealth.com/2023/04/07/76303/